Monday, November 12, 2012

काग तिहार


हामीले धूमधामका साथ मनाउने रमाइलो चाड तिहार आजदेखि सुरु भएको छ। पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र लक्ष्मीपूजा, चौथो दिन गोवर्द्धन र म्हपूजा र पाँचौँ दिन भाइटीका। हिन्दू नै भए पनि नेपालमा बाहेक यसरी तिहार अरुतिर कतै मनाइँदैन। तिहारको विशेषता नै यही हो। दीपावली र दीवाली त लक्ष्मीपूजालाई मात्र जनाउने शब्द हो।
तिहार आजदेखि सुरु भयो र सुरुमा गरियो कागको पूजा। कोहीकोहीले भने यमपञ्चक आज बिहान १० बजेर ३८ मिनेटमामात्र सुरु हुने भएकोले भोलि बिहान कागको पूजा गर्नुपर्ने भन्दै भोलि मात्रै काग पूजा गर्दैछन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले सोमबार काग, म‍ंगलबार कुकुर र लक्ष्मीपूजा, बुधबार गोवर्द्धन र म्हपूजा र बिहीबार भाइटीका गर्नु उपयुक्त रहेको जनाएको छ
यसो हेर्दा लाग्न सक्छ, यो व्यर्थको कालो कागलाई किन पूजा गर्नुपरेको होला। तर हैन, हाम्रा पूर्वजहरुले बित्थामा कागको पूजा गरेका हैनन्। काग कति बुद्धिमान चरा हो भनेर त वैज्ञानिकहरुले अहिले गरेका अनुसन्धानले पनि प्रष्ट पारेका छन्।